दाङ, १४ कात्तिक । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव कृष्ण पौडेललको थारु आयोगमा सरुवा भएको छ । लुम्बिनी प्रदेशमा विगत पाँच महिना देखि कार्यरत सचिव पौडेललको थारु आयोगमा सरुवा भएको हो । बुधवार सचिव पौडेललाई फेरी भेटौला कार्यक्रम मार्फत मुख्यमन्त्री चेतनारायण आचार्यले विदाई गर्नु भएको छ ।
जेठ १४ गते सचिव पौडेल लुम्बिनी प्रदेशमा सेवाको लागि प्रवेश गर्नु भएको थियो । उहाँको भदौ २७ गते सरुवा भए पनि कार्तिक १४ गते सम्म कामकाजको लागि प्रदेशमै रहनु भएको थियो । यो अवधिमा प्रदेशको समृद्धि र विकासमा नीतिगत तहबाट पौडेलले खेलेको भूमिको प्रशंसा गर्दै सम्मान गरिएको छ । यस्तै उर्जा, जलस्रोत सिंचाई मन्त्रालयमा कार्यरत सचिव मिनराज ढकाल अनिवार्य अवकाश हुनुभएको छ । सचिव ढकाललाई पनि दोसल्ला ओढाउदै मायाँको चिनो प्रदान गरेर विदाई गरिएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले कर्मचारी तहबाट जनतालाई सहज हुनेगरी सेवा प्रवाह गर्नुपर्ने र त्यो कामका लागि विदाईहुने सचिवहरुबाट प्रभावकारी कार्यसम्पादन भएको भन्दै प्रशंसा गर्नु भएको छ । जनसेवामा खटिएका कर्मचारीबाट सेवाग्राहीले सहजकर्ताको भूमिका चाहने र सोही अनुसार सरल रुपमा सेवा प्रवाहको आवश्यकता पर्ने उहाँले बताउनु भयो । ‘प्रदेशलाई यो उचाईमा पु¥याउन यहाँहरुको महत्वपूर्ण योगदान रह्यो’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रदेशको विकास, समृद्धि र सुशासन प्रवद्र्धनमा यहाँहरुको महत्वपूर्ण कार्यसम्पादन गर्नु भएको महशुस हामिले गरेका छौं ।’ कार्यक्रममा प्रदेशका प्रमुख सचिव महादेव पन्थले प्रदेशलाई सुशासन कायम गर्न आधारभुत तहबाट बलियो जग निर्माण गर्ने काम भएको भन्दै प्रदेशको समृद्धिमा कर्मचारीतहबाट योगदान रहेको बताउनु भयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस