दाङ, १९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकार नियुक्त गर्नुभएको छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ निजासी डा. रामबहादुर राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्वन्धि ऐन, २०७५ को दफा १० को उपदफा (१) अनुसार राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको हो । सकारात्मक सोंच विस्तार अभियानका अभियन्ताको रुपमा स्थापित राउतले समाजशास्त्र बाट योजना तर्जुमामा पिएचडी गर्नुभएको छ । साथै उहाँले ग्रामिण विकासमा स्नातकोत्तर गर्नु भएको छ ।

अधिवक्ता समेत रहनु भएका राउतलाई मुख्यमन्त्री आचार्यले भदौ १५ गतेदेखि लागु हुनेगरी जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस