बुटवल, १२ भदौ । लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गाेपनियताकाे सपथ लिनुभएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरकाे उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नित्यानन्द पाण्डेयले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनु भएको हाे ।
सपथ ग्रहण समाराेहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, उपसभामुख मेनुका खाँड केसी लगायत उच्च पदस्थ व्यक्तिहरुकाे विशेष उपस्थिति थियाे । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य¸ अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ बमाेजिम खनाललाई सपथ ग्रहण गराइएको थियाे ।
मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुटवल उपमहानगरपालिका-९ निवासी खनाललाई गत भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियाे । नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको थियाे ।