स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न यही बैशाख ३० गते निर्वाचन हुँदैछ । यो निर्वाचनलाई लक्षित गरेर राजनीतिकदलहरुले प्रचार प्रसार अभियान थालिसकेका छन् । लमही नगरपालिकामा नगर प्रमुख पदमा नेकपा एमालेबाट उम्मेदवारी दिएका दण्डीराम चौधरीले निर्वाचित भएपछी आफ्नो कार्यकाल स्मरणीय बनाउनेगरी जनताको सेवामा समर्पित हुने बताएका छन् । उनले लमहीलाई समृद्ध बनाउने योजना सार्वजनिक गर्दै चुनवाी मैदानमा छन् । अघिल्लो निर्वाचनमा मेयरमा एमालेले जितेको पालिका भएकाले यसपालि उनी साख जोगाउने योजनामा छन् ।

चुनाव त आउनै आँट्यो ? प्रचार प्रसार कसरी भैरहेको छ ?

स्थानीय तह सदस्यको निर्वाचन एकदमै नजिक आईरहेको छ । हामी सम्पूर्ण हिसावले तयारी अवस्थामा छौं । मतदाताको घरदैलोमा पुग्ने, आफ्ना कुराहरु मतदाताहरु संग विसाउने, उहाँहरुका कुरा सुन्ने काम चलिरहेको छ । यो प्रसार प्रसार अभियानलाई व्यापक बनाएका छौं । मुख्यघरी मतदाता संग नजिक कसरी पुग्न सकिन्छ ती सबै माध्यमको प्रयोग गरेका छौं । पहिलो त हामी घर घरमा पुग्ने योजनामा छौं । अर्काे टोल टोलमा प्रचार हुन्छ । साना खालका कोणसभा गरेर जनताहरु माझ आफ्ना काम र योजनाहरु पुर्‍याउने काम चलिरहेको छ ।

त्यसो भए प्रचार प्रसारमा के एजेण्डा लिएर जानुभएको छ ?

हाम्रो मुख्य एजेण्डा भनेको समृद्ध लमही हो । यो एजेण्डामा सबै कुराहरु पर्छन् । नागरिकका आधारभुत आवश्यकता परिपुर्ती गर्दै लमहीलाई नमुना शहर बनाउने योजनाका साथ पूर्वाधारमा लगानी बढाउने, पर्यटकीय क्षेत्रको विकास गर्ने, लमही बजारलाई आकर्षक र हरित क्षेत्रको रुमा विकास गर्ने योजना छ । सडक आगमनको आधारः दिगो यातायात र पूर्वाधार मुख्य लक्ष्य बनाएर सबै सडकहरुको स्तरोन्नती गर्ने प्रतिबद्धता छ । गुणस्तरीय शिक्षाको आधारः प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार गर्ने योजना हामी संग छ ।

यती मात्र होइन लमही नगरपालिका भित्र पर्ने एक देखी ९ नम्बर वडा सम्म सन्तुलीत विकास गर्ने योजना हामी संग छ । कहीं विकास थुप्रिने, कहीं विकासनै नहुने यस्तो अवस्थाको अन्त्य गर्न चाहन्छौं । आवश्यकताको आधारमा योजनाहरु छानेर काम गर्ने छौं । पारदर्शीता, शुसासन, भष्ट्राचार मुक्त पालिका बनाउने हाम्रो प्रतिबद्धता छ । नदी कटान र डुबानको समस्या समाधान गर्दै राप्ती नदीको पानी र तटीय क्षेत्रको विकास गर्दै जल पर्यटनको विकासको लागी काम गर्ने छौं । अर्जुनखोला र राप्ती नदीकोपानीले लमही नगरपालिका वडा नं. ७, ८ र ९ नम्बर वडामा सतह सिंचाईको प्रवन्ध गर्ने छौं । अघिल्लो स्थानीय सरकारले अघि सारेका नविनतम कामलाई निरन्तरता दिदै लमही नगरको आफ्नो गौरवको योजना बनाउने छौं । त्यो गौरवको योजनाले लमहीको परिचय राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पु¥याउने छौं ।

लमहीलाई सुन्दर, सफा र हरित शहर बनाउने छौं । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यका तोकिएकाले यहाँ पूर्वाधार विकासमा लगानी बढाउन नीजि क्षेत्रलाई प्रेरित गर्नेछौं । जनताको हरेक सुःख, दुःखमा साथ दिने छौं । शिक्षा क्षेत्रलाई कक्षा दश सम्म निःशुल्क गर्नेछौं । जुन कुरा नेपालको संविधानमा उल्लेख भइसकेको छ । खानेपानी, सिंचाई, किसानका समस्या समाधान गर्ने योजना हामी संग छ । सिंचाई सम्पन्न गरा गरा, प्रत्येक किसानको खेतबारी हराभरा कार्यक्रम चलाउने छौं ।

स्वास्थ्य क्षेत्रमा लगानी र सेवा दुवै बढाउने छौैं । लमही अस्पतालको क्षमता बढाउने र बिशेषज्ञ सेवा दिने हाम्रो प्राथमिकता रहने छ । स्वास्थ्यमा निरोगी नगरः स्वस्थ नगरवासीको अभियान चलाउने छौं ।

भूमिहिन किसानलाई लालपुर्जा वितरण गर्नेछौं । बेरोजगारहरुको पहिचान गरेर रोजगार सृजना गर्न सिप हस्तान्तरण र व्यवसाय सञ्चालनलाई ध्यान दिनेछौं । सामाजिक सुरक्षलाई प्राथमिकता राख्ने छौं । फरक क्षमता भएका व्यक्तिहरुको आयआर्जन बृद्धि गर्न लगानी गर्नेछौं । प्रसस्त लघु उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने र युवा जनशक्तीलाई लघु उद्यममा संलग्न गराउने छौंं । कृषि क्षेत्रको विकासको लागी हामीले उन्नत कृषिः किसानको समृद्धि कार्यक्रम लागु गर्ने छौं ।

चुनावको बेलामा गरेका प्रतिबद्धताहरु जितेपछि भुल्छन् भन्ने गरिन्छ नि ?

हामीले गरेका प्रतिबद्धताहरु एक एकगरी पुरा गर्ने छौं । हामीले भुल्ने भन्ने कुरै हुदैन । स्थानीय सरकार सञ्चालन ऐनले दिएका सबै अधिकारहरुको प्रयोग गरेर नागरिकहरुलाई सेवा सुविधा दिने, विकास निर्माणका कामहरु गर्ने, गौरवका आयोजनाहरुमा लगानी गर्ने हाम्रा प्रमुख कामहरु हुने छन् । ति सबै काम हामीले गर्नेछौं । भूमिहिन किसानलाई लालपुर्जा वितरणको लागी सर्भेको काम स्थानीय सरकारले सकिसकेकाले अरु बाँकी रहेका प्रक्रिया पुरा गरेर जग्गाको लालपुर्जा समेत हामीले वाँडेन छौं । हामीले भनेका सबै काम पुरा गर्न हामीलाई मतदाताले निर्वाचित गर्नुपर्छ । त्यसपछी हामीले सेवा गर्नेछौं ।

एजेण्डाहरु त बताउनु भयो तर चुनाव जित्ने आधार के हो ?

चुनाव जीत्ने आधार भनेकै लमही नगरका आदरणीय मतदातानै हुनुहुन्छ । उहाँहरुले न्यायोजीत निर्णय गर्नुहुनेछ । हामीले जनताको पक्षमा, यो माटोको पक्षमा काम गर्ने छौं । हाम्रा चुनावी प्रतिबद्धता कागजको खोस्टा मात्रै होइन, यि हाम्रा सम्पत्ति हुन । प्रतिबद्धता पनि हाम्रा चुनाव जीत्ने आधार हुन । हामी चुनवाी अभियानमा एक्लै छनौं । सिंगो पार्टी, कार्यकर्ताहरुको निरन्तरको प्रयास हाम्रो चुनाव जीत्ने अर्काे आधार हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस