दाङ, २ कात्तिक । तुलसीपुर उद्योग बाणिज्य संघले राप्ती प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । संघको २९औँ स्थापना दिवसका अवसरमा राप्ति प्रादेशिक अस्पतालमा उपचारत १ सय २० जना बिरामीलाई फलफूल वितरण गरिएको थियो ।
तुलसीपुर उद्योग बणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता एवम् राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न व्यवसायी, सुरक्षाकर्मी, राजनीतिक दललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संघका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो ।
Advertisements