दाङ, १९ पाैष । दाङको लमहीमा जारी प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । आइतवार हुने फाइनल खेलमा एपिएफ र प्रदेश नम्बर १ भिड्नेछन् । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपिएफ प्रतियोगिताको फाइनल पुगेको हो ।
यस्तै शनिबार भएको दोस्रो खेलमा घरेलु टोली लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ प्रतियोगिताको फाइनल पुगेको हो । अब उपाधिका लागि प्रदेश १ र विभागीय टोली एपिएफबीच प्रतिस्प्रधा हुने भएको छ । प्रतियोगिताको बिजेताले नगद ५ लाख प्राप्त गर्नेछ ।
उप-विजेता टोलीले ३ लाख रुपैयाँ, सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५/२५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याट्सम्यानले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् । लमहीमा गएको पौष ११ गतेदेखl प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको थियो ।