घोराही, ५ असोज । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबार रिडर्स क्लब गठन गरिएको छ । कक्षा ९ का छात्र सनिश केसीको अध्यक्षतामा गठित क्लबको उपाध्यक्षमा कक्षा ८ की छात्रा शिखा चौधरी र सचिवमा कक्षा ५ की छात्रा उन्नती केसी रहेकाछन् ।

यसैगरी, क्लबको सहसचिवमा कक्षा ९ का छात्र जेम्स बिष्ट, कोषाध्यक्षमा कक्षा १० का छात्र दया रोका र सहकोषाध्यक्षमा कक्षा ९ की छात्रा पुजना चौधरी रहेकाछन् ।

पठन संस्कृती र बौद्धिक क्षमताको विकासका लागि विद्यालयमा रिडर्स क्लब गठन गरिएको विद्यालयकी कार्यक्रम संयोजक बिमला केसीले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई ज्ञानवर्धक पुस्तकहरु अध्ययन गर्न लगाई विद्यालयको दैनिक प्रार्थनाको समयमा आफुले अध्ययन गरेको पुस्तकका बारेमा रिडर्स क्लबका विद्यार्थीहरुले सुनाउनुपर्ने जिम्मेवारीसहित क्लब गठन गरिएको विद्यालयका प्रिन्सिपल महेश बस्नेतले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस