विमल याेगी

दाङ, १ साउन । पाण्डवेश्वर महादेव धाम धारापानीमा आजदेखि श्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृङ्गारिक महाआरती सुरू भएकाे छ । पाण्डवेश्वर महादेव धामको प्रचार प्रसार तथा धार्मिक जागरणका लागि एक महिने महायज्ञ तथा श्रृङ्गारिक महाआरती सञ्चालन गर्न थालिएकाे हाे ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक गणेशकुमार अधिकारीकाे अध्यक्षतामा भएकाे महायज्ञकाे घाेराही उप-महानगरपालिकाका प्रमुख नरूलाल चाैधरीले दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएको हाे । श्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरतीमा दैनिक विभिन्न धार्मिक कार्यक्रम संञ्चालन गरिने छ । जसमा आरती सङ्कल्प, ब्राह्मण भोजन सङ्कल्प, प्रसादी वितरण सङ्कल्प, रुद्राभिषेक सङ्कल्प र श्रावण ३१ गते सामूहिक लक्ष्यवर्तिका दीप प्रज्ज्वलन कार्यक्रम तय गरिएको मन्दिरका सचिव तथा प्रचार प्रचार उपसमितिका संयाेजक विष्णुराम आचार्यले जानकारी दिनुभयाे ।

श्रावण २ गतेदेखि श्रावण ३२ गतेसम्म बिहान ४ बजेदेखि बिहान ६ बजेसम्म रुद्राभिषेक नित्य पूजा, बिहान ७ देखि १० बजेसम्म पाठ पारायण, बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म कथा प्रवचन तथा श्रवण र साढे ३ बजेदेखि कथा समापन तथा आरती सञ्चालन हुने उहाँले जानकारी दिनुुभयो ।

महायज्ञमा आउने भत्तजनलाई पानीले असर नपुगाेस् भनेर करिब १५ सय जना अट्ने जस्ता पाता सहितकाे टेन्ट व्यवस्था मिलाइएकाे टेन्ट लाइन तथा साउन्ड सिस्टम व्यवस्थापन उपसमितिका संयोजक विवेक श्रेष्ठले जानकारी दिनुभयाे । साथै मन्दिर परिसरभित्र महायज्ञ अवधिभर भक्तजनहरुको किनमेलका लागि २५ वटा स्थानीय उत्पादनमा आधिरित विभिन्न स्टल तथा बाल उद्यान समेत सञ्चालन गरिएकाे छ।

श्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृङ्गारिक महाआरतीमा राष्ट्रिय ख्याती प्राप्त विद्वान् पण्डित कोमल उपाध्याय प्रमुख कथा वाचक भावमय कथा वाचन रहनुभएकाे छ । महायज्ञका सफल बनाउन शारदा पोख्रेलको संयोजकत्वमा यज्ञ पूजा व्यवस्थापन उपसमिति, विवेक श्रेष्ठको संयोजकत्वमा टेन्ट लाइनिङ तथा साउन्ड सिस्टम व्यवस्थापन उपसमिति, निमबहादुुर चौधरीको संयोजकत्वमा भोजना तथा आवास व्यवस्थापन उपसमिति, शंकर गौतमलको संयोजकत्वमा दाता पहिचान तथा स्वागत उपसमिति, विष्णुराम आचार्यको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, केशव बहादुर बिसीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, रेवबहादुर बुढाथोकीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, बोधीलाल शर्माको संयोजकत्वमा सामान खरिद उपसमिति, लोकबहादुर विकको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति, गणेशकुमार अधिकारीको संयोजकत्वमा यज्ञ सञ्चालन उपसमिति, श्रीधर शर्मा पौडेलको संयोजकत्वमा अनुगमन उपसमिति र हरिप्रसाद चौधरीको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस