गोकर्ण पौडेल

बुवाको प्रेम के हो ? अभिभावक गुमाउनुको पीडा के हो ? अभावपूर्ण जीवनको सकस के हो ? श्रमको मूल्य के हो ? जुन कुरा टीकारामले सानै उमेरमा भोगे । राजनीतिमा धैर्यताको अर्थ टीकारामलाई सोध्नु छ । साहुको घरमा हली बसिरहेका टीकारामलाई गाउँलेहरुले सामलको व्यवस्था गरेर पठनपाठनको व्यवस्था गरे । वर्गीय राजनीतिमा जोडिएका नेताहरुले उनलाई अभिभावकीय कर्तव्य निर्वाह गरे ।

उनी जन्मदा जसरी जन्मिए, समाजका लागि जे दिए त्यही नै उनको सम्पत्ति हो । उनले जोडेको एउटा कच्ची घर मात्रै हो । जग्गाको नाममा ऐलानी जग्गा मात्रै हो । उनको बाल्यकाल अभावमै बित्यो । सानै उमेरमा अभिभावक गुमाएका टीकाराम साहुको घरमा हली बसे तर उनको पढाईको भोक कहिल्यै हटेन । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै गाउँलेहरुले पढ्ने व्यवस्था गरे । अनेरास्ववियुमा आबद्व भएकाले संगठनका साथीहरुले सहयोग गरे । अनेरास्ववियुमा क्रियाशील रहेकै अवस्थामा पञ्चायती विरोधी आन्दोलनमा लागेको भन्दै तत्कालीन सरकारले पक्राउ ग¥यो । छ महिनासम्म घोराहीको जेलमा बसे ।

रोल्पा जिल््लामा पार्टी नेतृत्वले खटायो त्यही कम्युनिष्ट आन्दोलनलाई मलजल गर्ने काम गरे । एउटै कमिटीमा रहेर काम गरेकी प्राध्यापनरत मेनका पोख्रेल टीकाराम विद्यार्थी कालदेखि नै विचारप्रति कटिबद्व , देश र जनताको लागि आहुति दिन सक्ने राजनेताकारुपमा अथ्र्याउनुहुन्छ । उहाँ भन्नुहुन्छ मैले पाएको छात्रवृत्तिबाट कयौ पटक टीकारामका लागि कापी कलमको जोहो गरेकी छु, घरबाट ठगेरै भएपनि टीकारामजस्ता सर्वहारा वर्गका विद्यार्थीलाई पढाउनका लागि सामानको व्यवस्था गरेकी छु ,आज पनि कतै भेटदा मेनका पोख्रेलप्रति उत्तिकै श्रद्ध भाव प्रकट गर्छन् ।

उनले समाज परिवर्तनको मियोमा धेरै हन्डर ठक्कर खानुपरेको छ । कुनै समय दलित समुदायको घरमा खाना खाएको, हिडडुल गरेको भन्दै परिवारबाट नै स्वयम उनी विभेदमा परे तर उनी समाज परिवर्तनमा सति सालजस्तै अडिग रहे । अहिलेसम्म लाभको पदमा सुकुम्बासी समस्या समाधान आयोगमा तीन महिना मात्रै काम गर्न पाए अनि एमाले सरकार गुमेसंगै पद पनि गुम्यो । नेकपा एमाले दाङको नेतृेत्व सम्हालेर उनको नेतृत्वमा जिल्लाका दुई उपमहानगर,एक नगर र तीन गाउँपालिकाको नेतृत्व एमालेकै पोल््टामा प¥यो र प्रदेश सभाअन्तर्गत चार सांसद र प्रतिनिधि सभाका तीन क्षेत्रमध्ये दुई क्षेत्र एमालेकै पोल््टामा प¥यो ।

उनी जिल्लाको नेतृत्वमा रहे पनि आफ्नो गाउँ,धर्ती छाडेनन् । काकाकूल मनिकापुर,स्यानीगाउँ,सक्राम,डौडारेलगायतका तुलसीपुर १७,१८ र १९मा खानेपानीको व्यवस्था गरे । उनी नेतृत्वमा आउँदा एक सय ६० वटा धारा थिए अहिले सातसय बढी धारा पु¥याएका छन् । करोडौको बजेटमा खानेपानीको काम भइरहेको छ ।आफू नेतृत्वमा रहदा कहिल्यै सामाजिक संस्थामा दलीयकरण गरेनन् । गाउँ समाजका सबै पक्ष,सबै विचारका व्यक्तिहरुलाई मिलाएर अघि बढे र त सफल भए । उनीमा आफूलाई श्रमजीवीकैरुपमा उभ्याउन चाहान्छन् ।

कुलो,धारा,बाटो बनाउन उनी आफै फरुवा,बेल्चा लिएर कुद्छन् । तीनै टीकाराम जो विपन्न,गरिब अभावमा बाचेर देश र जनताको मुहान फेर्न कस्सिएका छन् । जसले गरिबको मुक्तिका लागि देशका शसस्त्र युद्धको शुरु ग¥यो आज उही वर्गको उत्थानमा लागिरहेको छ । जो शोषकका नाममा मारिए , जो सामन्त ठहरिए आज तिनै सामन्तपथमा कुदिरहेका छन् । टीकाराम तिनै अभाव,श्रमजीवी वर्गको उत्थानमा मत मागिरहेका छन् । हिजो सामल दिएर जनताले पढाए आज उनी जनताको विकास,समृद्विका लागि मतको सामल मागिरहेछन् । टीकाराम जो जनताको छोरो जसको जीवनभरकै कमाई भनेका जनता नै जर्नादन हुन् । जसले जनता र धर्तीलाई जर्नादन ठानिरहेछ । राजनीतिमा मनि र मसलले धानिरहेका बेला सर्वहारा वर्गका नक्षेत्र टीकाराम पूर्व क्षितिजमा उदाइरहेछन् ।

नेपालको राजनीतिमा मौलाइरहेको धन, डनवादलाई टीकारामजस्ता पात्रहरुले चुनौती दिइरहेका छन् । उनीसंग तुलसीपुरको मुहार फेर्ने सपना छ,त्यो सपना केवल मतदाताको मतबाटै सम्भव हुनेछ । निर्वाचित भएपछि उनको घरबाहिर गेटमै कुकुरदेखि सावधान लेखिएको हुनेछैन । एउटा कच्ची घरमै ए टीकाराम पानी ल्याउभन्दै जनता जर्नादन बिना रोकतोक प्रवेश पाउनेछन् । करोडौको गाडीका हुकिने छैनन् । एउटा साइन होन्डा बाइककै पछि दौडिएका हुनेछन् । टीकाराम राजनीतिमा दिल्लीका केजरीवाल हुन् । जसले जनताको दुःख देखेको छ, जनताको पीडासंगै डुलेको छ, जनताको सेवा नै आफ्नो जीवनको वैश खर्चिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस