काठमाडौं, २८ फागुन । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।
ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ।
ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे। फ्लाइट नम्बर युबिजी २११ भएको उक्त विमानमा चालकदलका ४ सहित ७१ यात्रु यात्रारत थिए ।
दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।
मृतकको संख्या बढ्नसक्छ ।
घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
Advertisements